काठमाडौं । कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टमार्फत् सम्पन्नदेखि विपन्नसम्मलाई कृषि तथा अन्य व्यावसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गर्दै आएको छ । शाखा कार्यालय मेलम्चीले आफ्नो स्थापनाकाल २०४२ सालदेखि हालसम्म निरन्तर सेवा प्रवाह गर्दै आएको छ । स्थानीयस्तरमा हुने सबैजसो कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको बैंकले मंसिर १० गते सम्पन्न एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय, मेलम्ची, सिन्धुपाल्चोकलाई सिसिटिभी वितरण गरेको छ ।
मेलम्ची बजार क्षेत्रमा हुने चोरी डकैती, दुर्घटना, लागूऔषध सेवनलगायतका वित्तीय अपराध निगरानी गर्र्न बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सिसिटिभी प्रदान गरेको हो । बैंकले प्रदान गरेको उक्त प्राविधिक उपकरणबाट मेलम्ची बजारमा शान्तिसुरक्षा कायम गर्न सहज हुने अपेक्षा गरिएको छ । सिसिटिभी हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, बागमती प्रदेश निर्देशक, मेलम्ची शाखा प्रबन्धक प्रज्वल भट्टराईलगायतको उपस्थिति रहेको थियो इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक कुमार चौलागाईंलगायत विभिन्न सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।
सिसिटिभी हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको नियमित सेवाका अतिरिक्त संस्थागत सामाजिक उत्तरदायित्वबाट सामाजिक कार्यमा सहभागिता जनाउन पाउँदा बैंक गौरवान्वित रहेको र यस प्रकारको सानो सहयोगले शान्तिसुरक्षा कायम राख्न ठूलो योगदान दिन सक्ने बताउनुभएको बैंकका प्रवक्ता हिमाल पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts