
काठमाडौं । ‘१३औं नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिबल-२०२५’ लागि सहभागी हुन चाहने चलचित्र, टेलीचलचित्र तथा लघुचलचित्र समावेश गर्न आयोजक पक्षले अनुरोध गरेको छ । यो महोत्सव आगामी माघको पहिलो साता काठमाडौंमा आयोजना हुनेभएको छ । महोत्सवका लागि दुई महिनाअघि नै फारम खुला गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी दिनुभयो ।
‘नेपाल र अफ्रिकाको संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो, महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । यसपटक हामीले अफ्रिकासँगै अन्य देशका चलचित्र सहभागी गराउन अन्तर्राष्ट्रिय विधा थप गरेका छौं । महोत्सवमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ’, निर्देशक क्षेत्रीले भन्नुभयो ।
यसअगाडि महोत्सवमा नेपालीसँगै अन्तर्राष्ट्रिय चलचित्रको रूपमा अफ्रिकी चलचित्रलाई मात्र समावेश गर्ने गरिन्थ्यो । यसपटक भने अफ्रिका बाहेकका चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय विधाअन्तर्गत सहभागी हुनेछन् ।
आगामी पुस १६ गतेसम्म चलचित्र दर्ता गर्न पाउने महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्र्रियालगायत विभिन्न कार्यक्रम हुने बताइएको छ । महोत्सव कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच