काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहाइको माग गर्दै छोरा निराजनले दिएको बन्दीप्रत्यक्षीकरण निवेदनमाथिकाे सर्वोच्चमा सुनुवाइ सकिएको छ ।
न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा निवेदनको सुनुवाइ भएको हो ।
सर्वोच्चमा छोरा निराजन प्रसाईंले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाट र काठमाडौं जिल्ला अदालतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
यसअघि सर्वोच्चले प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएकोमा मंगलबार प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गलत प्रचार गरेको भन्दै विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा प्रहरीले मंसिर ४ मा प्रसाईंलाई पक्राउ गरेको थियो।
प्रसाईविरुद्ध यसअघि पनि साइबर अपराधमा मुद्दा दर्ता भएको थियो । उनी १ लाख धरौटी तिरेर थुनामुक्त भएका थिए । उक्त मुद्दा हालपनि विचाराधीन छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts