काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ मंसिरबाट गर्ने भनिएको चीन भ्रमणको तालिका तय भएको छ।
तालिका अनुसार प्रधानमन्त्री ओलीले बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्ने छन्।
१७ मंसिरमा चीन प्रस्थान गर्दै प्रधानमन्त्री ओली चार दिन बेइजिङमा बिताएर २० मंसिरमा फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।
बेइजिङ पुगेको भोलिपल्ट १८ मंसिरमा चिनियाँ राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चस्तरीय भेटवार्ताहरूबीच प्रधानमन्त्री नेतृत्वको टोलीको भेट हुने परराष्ट्र स्रोतले जनाएको छ। १९ मंसिरमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने छुट्टाछुट्टै कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्ने छन्।
भ्रमणको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्ने हुनु भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणको आधिकारिक घोषणा भने हुन बाँकी छ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता