काठमाडौं । विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगको लाइन तत्काल नकाटिने भएको छ । आज बसेको विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले तत्काल लाइन नकाट्ने निर्णय गरेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको हो ।
विद्युत् नियमन आयोगले एक दिनअघि नै डेडिकेटेड तथा ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि त्यसैलाई सदर गरेको स्रोतले जनाएको छ । सञ्चालक समितिको सो निर्णयमा सञ्चालद्धय कपिल आचार्य र भक्तबहादुर पुनले भने असहमति जनाउनु भएको छ ।
गत कात्तिक २५ को मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरसमेतको आधारमा गणना गरेर १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो । लगत्तै कात्तिक २७ मा प्राधिकरण सञ्चालक समितिले मंसिर १२ भित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो ।
प्राधिकरणले उद्योगीलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता बुझाउन दिएको अवधि बुधबार सकिँदै छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts