काठमाडौं । देशको वर्तमान राजनीतिक परिवेश र लोकतन्त्रका विषयमा कार्यशाला सम्पन्न भएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच ‘वर्तमान राजनीतिक परिवेश र समावेशी लोकतन्त्र’ विषयक कार्यशाला शहीद स्मृति प्रतिष्ठानको आयोजनामा मंगलबार सम्पन्न भएको हो ।
प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा काशी हिन्दु विश्वविद्यालयका प्राडा. दीपक मल्लिक, पूर्वमन्त्री मीन विश्वकर्मा, राष्ट्रिय योजना आयोगमा पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेल, पूर्वसांसद किरण यादव र पूर्वराजदूत डा.विजय कर्ण विशेष वक्ता रहनुभएको थियो ।
उहाँहरूले देशको वर्तमान राजनीति, नेपालले लिएको बाटो र लोकतन्त्रका विषयमा आ-आफ्ना धारणा राख्नुभएको थियो । प्राडा.मल्लिकले बीपी कोइराला लोकतन्त्र र समाबेशीताको पक्षमा हुनुहुन्थ्यो भन्दै प्रदीप गिरिको बीपीसँग सुमधुर सम्बन्ध नभए तापनि बीपीका बारेमा सकारात्मक लेख्नुभएको बताउनुभयो । जुन कुरा बीपीका परिवारले लेख्न नसेको उहाँको टिप्पणी थियो ।
लोकतन्त्रमा सत्ता परिवर्तन भनेको रोटी सेके जस्तै हो भन्दै उहाँले लोकतन्त्रमा जनदबाब आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको जिकिर गर्नुभयो । यस्तै, पूर्वसांसद मीन विश्वकर्माले लोकतन्त्र भनेको सबैलाई खुशी बनाउनु हो भन्ने भनाइ राख्दै यसको सही सदुपयोगमा मात्रै सबैले लाभ लिनसक्ने बताउनुभयो । उहाँले अभ्यासबाट नै परिपक्क हुँदै जाने धारणा राख्नुभएको थियो ।
त्यसैगरी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पोख्रेलले निर्वाचित सरकार कहिलेकाही नियन्त्रणकारीसमेत हुनसक्ने भन्दै मानव अधिकारको हनन्प्रति सचेत हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पूर्वसांसद यादवले संघीयतालाई व्यवस्थित रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो भने पूर्वराजदूत कर्णले समाबेशीतालाई नेतृत्वले गलत ढंगबाट उपयोग गरेका कारण नैरास्यता बढेको जिकिर गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष दाहालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संविधानले सबै वर्ग, लिंग, जाति, क्षेत्रको प्रतिनिधित्व हुनुपर्ने बताए तापनि आर्थिक रूपमा विपन्न श्रमिकको प्रतिनिधित्व हुन नसकेको धारणा राख्नुभएको थियो । सो अवसरमा विभिन्न क्षेत्रका विशेष व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा