काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा हुनु भएको छ ।
सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार मुद्दा नचलाउने निर्णय गरेलगत्तै उहाँ रिहा हुनु भएको हो ।
सरकारी वकिलको कार्यालयले पर्याप्त आधार, प्रमाण नदेखिएको भन्दै उहाँलाई मुद्दा नलगाउने निर्णय गरेको थियाे ।
पक्राउ परेका बाँकी आठजनासहित फरार तीनजनाविरुद्ध सोमबार नै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
एक महिनाअघि मन्त्री अधिकारीसँगै जापान पुगेका तीनजनाले नक्कली कार्ड बनाएर त्यहाँ पुगेको खुलेपछि टोकियो अध्यागमनबाट नै फिर्ता गरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts