काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।
उहाँले आफ्नो चीन भ्रमणका एजेण्डाहरुका बारेमा सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीसँग विषयमा छलफल थाल्नुभएको हो । प्रधानमन्त्री ओलीले मंसिर १७ गतेदेखि पाँच दिने चीन भ्रमण गर्ने तयारी गर्नुभएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतसँग भेटवार्ता गर्नुहुने छ । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा मङ्सिर १३ गते नै चीन जाने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच