मुगु । छायाँनाथरारा नगरपालिका वडा नं ६, लिउडी गाउँका रूपबहादुर सेजुवालले आफ्नो पुर्ख्याैली पेशालाई निरन्तरता दिँदै मौरीपालन व्यवसायबाट मनग्य आम्दानी गर्दै आउनु भएकाे छ ।
रूपबहादुरले आफ्ना बाबु बाजेले थालेको मौरीपालन पेशालाई आधुनिक स्वरूप नदिई पुरानै परम्परागत काठेघारको प्रयोग गरी निरन्तरता दिइरहनु भएकाे छ । उहाँकाअनुसार उहाँले कुनै पनि सरकारी निकाय वा अन्य संस्थाबाट आर्थिक सहयोग वा प्राविधिक समर्थन नपाएर पनि मौरीपालनलाई निरन्तर अगाडि बढाइरहनु भएकाे छ । उहाँ भन्नुहुन्छ "बाबुको सीप र क्षमता अनुशरण गरेर व्यवसायलाई सफल पारेको छु, म आफैंले यस पेशालाई निरन्तरता दिएको छु तर अहिलेसम्म कुनै निकायबाट सहयोग भने पाएको छैन ।'
परम्परागत तरिकाले तयार गरिएको महको गुणस्तरलाई स्थानिय तथा सदरमुकामका ग्राहकहरूले निकै रुचाउने गरेका छन् । ग्राहकहरू मह किन्नका लागि रूपबहादुरको घरमै आइपुग्ने गरेका हुन्छन । "मेरो महका लागि ग्राहकहरू टाढाबाट पनि आउने गर्दछन् र बर्षमा दुई पटक मह निकाल्ने र बेच्ने गरेकाे छु त्यसैबाट घरका दशजनाकाे परिवारकाे खर्च ब्यवस्थापन गरेकाे छु " रुप बहादुर भन्नुहुन्छ ।
वर्षमा जेठासी र कात्तिक्या गरि दुई चोटि मह निकालेर बेच्दा ४ लाख जति आम्दानी हुने गरेको र आधुनिक घार भन्दा हिमाली मौरी काठ कै परम्परागत काठका घार मै बस्न रुचाउने गरेको र आफ्ना घारमा मौरिले उत्पादन गर्ने मह सतप्रतिशत आर्गानिक र गुणस्तरको हुने मह व्यवसायी सेजुवाल दावी गर्दै सुनाउनु हुन्छ ।
सदरमुकाम गमगढी बजारबाट टाढा ३ घण्टा टाढा पैदल दुरिमा रहेको लिउडी गाउँका रूपबहादुरका लागि यो पेशा केवल आम्दानीको स्रोत मात्र नभई पुर्ख्याैली व्यवसायको एक नमुना पनि बनेको छ । परम्परागत काठेघारमा मौरीपालनको सुरुवात उहाँका बुबाले गर्नुभएकाे थियाे, जसलाई अहिले रूपबहादुरले निरन्तरता दिँदै आउनु भएकाे छ ।
बिकट बस्तीको कठिनाइका बाबजुद पनि रूपबहादुरको व्यवसायिक उत्साह र परिश्रमले जिल्लामा मौरीपालनको उदाहरणीय नमूना प्रस्तुत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच