
काठमाडौं – नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ स्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
आइतबार साँझ ७ बजेतिर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको घटनास्थलमै र एक बालकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का ३८ वर्षका श्याम बजगाईं, सोही स्थानका ३१ वर्षका दीपक दाहाल र चितवनको कालिका नगरपालिका–३ बस्ने ८ वर्षीय आरम्भ पोखरेलको मृत्यु भएको हो। अन्य २ घाइतेको भने भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
ट्रक चालक मकवानपुरगढी गाउँपालिका–६ का २८ वर्षीय दिनेश पुडासैनी इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच