काठमाडौं । जागरण सभामा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले तिराएको जरिवानको पत्र बुझ्न नेकपा एमालेले अस्वीकार गरेको छ ।
कारवाही सम्बन्धी जानकारी पत्र बुझाउन महानगरपालिकाका प्रतिनिधिहरु नेकपा एमालेको पार्टी कार्यालयले गएका थिए । तर आफूहरू आयोजक नभएको भन्दै त्यहाँ रहेका कर्मचारीले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरको टोली फिर्ता भएको छ । महानगरको टोलीलाई आफूहरू आयोजक नभएको भन्दै त्यहाँ रहेका कर्मचारीले त्यो सभा काठमाडौं कमिटीले गरेको भन्दै पत्र दिने भए उतै दिन सल्लाह दिएकाे थिए ।
गत शुक्रबार एमालेका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा जागरण सभा आयोजना गरिएको थियो ।
महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम जरिवाना तोकिएको बताएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts