काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको केन्द्रीय कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गर्नुभएको छ ।
महाधिवेशनको झण्डै ३ वर्ष पछि सभापति देउवाले आइतबार श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्षमा मनोनीत गर्नुभएको हो ।
देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य श्रेष्ठलाई कोषाध्यक्षमा मनोनयन गर्नुभएको हो ।
कांग्रेसको विधानमा महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै संयन्त्रलाई पूर्णता दिने व्यवस्था छ । तर सभापति देउवाले केन्द्रीय कोषाध्यक्ष मनोनीत गर्न झण्डै ३ वर्ष लगाउनु भएको छ ।







