बेइजिङ । चीनले अन्तर्राष्ट्रिय यात्रालाई बढावा दिने प्रयास स्वरूप फ्रान्स, जर्मनीलगायत २९ वटा देशका लागि एकपक्षीय भिसा–मुक्त नीति लागू गरेको विदेश मन्त्रालयका अधिकारीले जनाएका छन् । पत्रकार सम्मेलनमा मन्त्रालयको कन्सुलर विभागका अधिकारी टोङ जुएजुनले चीनले २५ वटा देशहरूसँग पूर्ण भिसा छुट प्राप्त गरेका बताउनुभएको छ । मन्त्रालयले सन् २०२३ डिसेम्बर-१ देखि फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका साधारण पासपोर्ट धारीका लागि एकपक्षीय भिसामुक्त प्रवेश परीक्षणको घोषणा गरेको हो ।
यस नीतिअन्तर्गत योग्य व्यक्तिहरूले व्यापार, पर्यटन, पारिवारिक भ्रमणलगायतका लागि १५ दिनसम्म चीनमा रहन सक्नेछन् । चीनले आफ्ना दूतावासमा भिसा आवेदन अघि अपोइन्टमेन्टको आवश्यकतालाई रद्द गर्दै फिंगरप्रिन्ट संकलनको छुट विस्तार गरी भिसा शुल्क २५ प्रतिशतले घटाएको टोङले बताउनुभएको छ ।
सन् २०२४ को तेस्रो त्रैमासिकमा, चीनमा विदेशीद्वारा गरिएको ८.१९ मिलियन यात्राहरू रेकर्ड गरेको छ, जुन गतवर्षको समान अवधिको तुलनामा ४८.८ प्रतिशतले बढी हो । अधिकारीका अनुसार तीमध्ये ४.८९ मिलियन भिसा-मुक्त व्यवस्थामार्फत आएका थिए ।
मन्त्रालयले विशेषगरी व्यापारिक गतिविधिमा संलग्न व्यक्तिहरूका लागि सीमापार यात्रालाई सहज बनाउन भिसामुक्त प्रवेश नीतिलाई परिष्कृत गरी जारी राख्ने टोङले उल्लेख गर्नु भएको छ । रासस/सिन्हृवा ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा