एक लाख पर्यटक भित्र्याउने गरी मुन्दुम भ्रमण बर्ष २०२५ को तयारी
Read Time = 3 mins
भोजपुर । एक लाख पर्यटन भित्रयाउने लक्ष्यका साथ आयोजना गर्न लागिएको मुन्दुम भ्रमण बर्ष २०२५ को तयारी तीव्र बनाईएको छ ।
आआफनो क्षेत्रमा रहेका स्थानीय तहहरुले समेत ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको टेम्के मैयुम गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।
पुस १७ गतेबाट औपचारिकरूपमा सुरु हुने मुन्दुम ट्रेल भ्रमण बर्षका लागि विभिन्न महोत्सवहरू समेत आयोजना हुने गरी तयारी सुरु गरिएको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।
मैयुङ ट्याम्के साल्पासिलिचुङ पर्यटन प्रवर्धन केन्द्रको संयोजकत्व र मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ मूल व्यवस्थापन समितिको आयोजनामा बसेको बैठकले विभिन्न स्थानीय तहहरूलाई मुन्दुम ट्रेलसँग जोडिएका आ-आफ्नो क्षेत्रमा विभिन्न महोत्सव र पर्यटकीय क्रियाकलापहरूमा पर्यटन प्रवर्धन गर्न मद्धत गर्ने खालका मौलिक कार्यक्रमहरू समावेश गराउने निर्णय समेत गरिएको छ ।
भ्रमण वर्षमा भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा गुराँस तथा घोडचढी महोत्सव, फिल्म सुटिङ महोत्सव, खोटाङको केपिलासगढी गाउँपालिकामा हनी हन्टिङ महोत्सव तथा गोठस्टे महोत्सव, साकेला गाउँपालिकामा उधौली–उभौली साकेला तथा अन्य सांस्कृतिक महोत्सव, भोजपुर नगरपालिकामा अल्ट्रा म्याराथुन, माउन्टेन साइकिलिङ, साल्पा सिलिछो गाउँपालिकामा नाछोङ धामी साहित्यिक महोत्सव, षडानन्द नगरपालिकामा रुद्राक्ष महोत्सव, महाकुलुङ गाउँपालिकामा पनि महोत्सव लगायतका कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ भव्यरूपमा आयोजनाको तयारी सुरु गरिएको छ,’ टेम्केमैयुङ गाउँपालिका अध्यक्ष बस्नेतले भन्नुभयो, ‘मुन्दुम ट्रेललगायत विभिन्न सांस्कृतिक पक्ष पर्यटनको भर्जिन गन्तव्य भएकाले एक लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।’यो सरकारको पर्यटन सुचीमा रहेको एक सय गन्तव्यमध्ये एक हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts