झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहमा रहेको घर अगाडि शंकास्पद बस्तु फेला परेको छ ।
सो बस्तु नियन्त्रणका लागि चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको बताइएको छ ।
शनिबार बिहान गौरादह नगरपालिका ३, स्थित गौरादह - स्कुलचौन रोडमा रहेको कार्कीको घरको कम्पाउण्ड वाल बाहिर शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले घटनास्थल सुरक्षित राखेर नेपाली सेनाको टोलीलाई खबर गरेको बताएको छ ।
सो बस्तुको बाहिरी कागजमा 'दुर्गा माताको जय' लेखेको पाइएको छ ।
विराटनगरबाट मुख्यमन्त्री कार्की आज बिहान मात्र घर जानुभएको थियो। बिहान घरमा पुगेर उहाँ बाह्रदशी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुन गएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
सो बस्तु कसले र कुन उदेश्यले राखेको हो भन्ने थाहा नभएको प्रहरीले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts