
इलाम । इलाम सदरमुकामको इलाम बजारमा आज शनिबारबाट फुड फेस्टिबल सुरु भएको छ । भोलि आईतवारसम्म चल्ने फेस्टिबल इलाम बजारको सिटीमार्टको प्रांगणमा हुनेछ ।
फेस्टिबलको उद्घाटन कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले गर्नुभयो ।
इलामस्थित होटल ब्यब्सायी संघ आयोजनामा भएको फेस्टिभलका १६ स्टलमा विभिन्न रैथाने खानेकुरा रहेका छन ।
कोशी प्रदेश होटल व्यवसायी महासंघको इलाममै हुने अधिवेशनलाई लक्षित गरी फेस्टिबल आयोजना गरिएको हो ।
फेस्टिबलमा विभिन्न जातीय सांस्कृतिक परिकारका स्टल राखिने संघका अध्यक्ष देवीप्रसाद पौडेलले बताउनुभयो ।
स्टलहरूलाई प्रतिस्पर्धा गराइ पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारसमेत प्रदान गरिने आयोजकले जनाएको छ ।
यहाँको पर्यटन प्रवद्र्धन, व्यवसाय चलायमान बनाउने प्रयासले फेस्टिबल आयोजना गरिएको व्यवसायी प्रकाश चापागाईंले बताउनुभयो । उहाँका अनुसार फेस्टिभलमा लिम्बू, राई, मगरलगायत विभिन्न जातिका सांस्कृतिक नृत्य, गायनलगायत प्रस्तुति पनि राखिएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच