भोजपुर । भोजपुरमा अन्तरमावि स्तरीय खुला कविता प्रतियोगिता तथा सिर्जना बाचन कार्यक्रमको आयोजना गरिएको छ ।
साहित्य क्षेत्रमा क्रियाशिल त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरको आयोजनामा अन्तरमावि स्तरीय कविता प्रतियोगिता तथा वाचन कार्यक्रमको आयोजना गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक डा. नारायण गडतौलाको प्रमुख आतिथ्य तथा त्रिवेणीका संस्थापक श्याम तमोटको बिशेष आतिथ्यमा आयोजित प्रतियोगितामा भोजपुर नगरपालिका क्षेत्रका सात विद्यालयका २० जना विद्यार्थीहरुबाट प्रतियोगिता अन्तर्गतका कविता र अन्य सहभागीहरुबाट आ–आफनो सिर्जना समेत बाचन भएको आयोजक संस्थाका सचिव घमचन्द्र दाहालले जानकारी दिनुभयो ।
प्रतियोगितामामा सिद्धेश्वर माध्यमिक विद्यालयका दिवाकर दाहाल प्रथम, पञ्चकन्या माविका हिरा फुयल दोश्रो, यशोधरा माविका नुनिछा राई तेश्रो, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका टार्जन पराजुली सान्त्वना र सगरमाथा सेकेन्डरी स्कुलका दिपांशु गुरुङ सान्त्वना भएको आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्तवना हुने २ जनालाई क्रमश नगद पाँच हजार, चार हजार, तीन हजार र एक–एक हजारका साथमा प्रमाणपत्र र अन्य सहभागीहरुलाई पनि प्रमाण पत्र बितरण गरिएको छ ।
लामो समयसम्म भोजपुरमा रहेर साहित्यीक जागरणमा भूमिका निर्वाह गर्नु भएको भन्दै कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डा. गडतौलालाई सम्मान समेत गरिएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts