काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एमालेविरुद्ध परिचालित भएको आरोप लगाउनु भएको छ ।
शुक्रबार दरबारमार्गको जागरण सभाका क्रममा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई १ लाख जरिवाना गर्दै पत्राचार गरेको सम्बन्धमा महासचिव पोखरेलले यस्तो आरोप लगाउनु भएको हो ।
शुक्रबार साँझतिरै एमालेलाई जरिवाना गरिएको पत्र महानगरले पठाएको थियो तर, एमालेले भने महानगरलाई गाडी पठाइदिन गरेकाे अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो मेयरको निर्देशनमा फोहर गरेको भनेर जरिवानाको प्रचार गरिएको आरोप छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले काटेको पत्रमा महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको उल्लेख छ।
एमाले नेताहरुको भनाइलाई आधार लिने हो भने कार्यक्रम सकिएपछि स्वयंसेवकहरूले संकलन गरेको फोहोर उठाउन गाडी पठाइदिन अनुरोध गरिएकोमा सहयोग गर्नुको सट्टा महानगरपालिकाले जरिवानाको प्रचार गरेर स्टन्टवाज गरेको आरोप छ ।
‘काठमाडौँ महानगरका मेयर वालेन नेकपा एमालेका विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभा पछि सार्वजनिक गरिएको जरिवाना पर्चावाट बुझ्न सकिन्छ । कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फवाटै भइरहेको थियो । संकलन गरिएको भएको फोहर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो’, उहाँले भन्नुभएको छ, ‘अनुरोधलाई स्वीकार गरेर सहयोग गर्नुको साटो फोहर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा । जतिवेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिवेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए । मंच र मंचमा प्रयोग गरिएका सामाग्री हटाउने काम सगसंगै जारी नै थियो ।’
यस्तै एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पनि मेयर बालेनको कडा आलोचना गर्नुभएको छ ।
यस्तै एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतले पनि मेयरबालेनको कडा आलोचना गर्नुभएको छ । बस्नेतले बालेनद्वारा पालित पोषित नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेको भन्दै आक्रोश पोख्नुभएको छ ।
यसैबीच एमालेले भने महानगरको उक्त पत्रको कुनै औतित्य नभएको बताएको छ । महानगरले हतार हतारमा जरिवानाको पत्र सार्वजनिक गरेपनि त्यसको कुनै औचित्य नभएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौमतले बताउनु भएको हो ।
हिजो कार्यक्रम सकिएलगत्तै एमाले स्वयंसेवकहरुले सबै फोहोरलगायत सामाग्रीको व्यवस्थापन गरिसकेको अवस्थामा त्यो पत्रको कुनै अर्थ नभएको र प्रतिशोधपूर्ण भएको उहाँले बताउनु भयो ।
विगतकेही समयदेखि एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र महानगरका मेयर बालेनबीच घोचपेच चल्दै आएको थियो । दुई पक्षबीच तित्ततापूर्ण सम्बन्ध रहेकै कारण सम्ववत: महानगरले हतारिँदै एमालेलाई कारवाही स्वरुप पत्र काटेको अनुमान पनि हुन थालेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts