महोतरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कार्यरत नायब सुब्बा अशोक यादव घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार नायब सुब्बा यादवलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
यादवले सवारी ज्यान कसुर मुद्धामा मृतकको नजिकको हकदार (पिडित पक्ष) ले पाउनु पर्ने कृया खर्च तथा क्षतिपूर्ति वापतको रकम लिनको लागि जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा जाँदा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय, बर्दिबासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट बीस हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
अख्त्यिारका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेकाे छ ।






