लुम्बिनी। पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सहभागी हुन लुम्बिनी आउँदै हुनुहुन्छ।
मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ।
पुर्पुरा पूजामा सरिक हुन पूर्व राजा लुम्बिनी आउने हुनुभएको हो । ज्ञानेन्द्रको लुम्बिनीमा पूजा बाहेक अन्य कार्यक्रम भएको औपचारिक जानकारी नआएको लुम्बिनी विकास कोषले जनाएको छ। शाह पूजा सकेर आज नै काठमाडौँ फर्कने योजनामा रहेको बताइएको छ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements