काठमाडौं । चलचित्र ‘महागठबन्धन’ बन्ने भएको छ । सुवर्ण थापाको निर्देशनमा बन्ने यो चलचित्रको स्क्रिप्ट ब्रजेश खनालले लेखिरहनुभएको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता निखिल उप्रेती र वर्षा शिवाकोटी देखिनुहुने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा कलाकार निर्मल शर्माको समेत महत्वपूर्ण भूमिका रहने जनाइएको छ । चलचित्रका अन्य कलाकार तथा प्राविधिक पक्षका बारेमा केही समयपछि विस्तृत जानकारी गराइने बताइएको छ ।
चलचित्रको कथा तथा संगीत निर्देशक संगीत रत्न शम्भुजित बाँस्कोटाको रहनेछ । केही महिनापछि फ्लोरमा जाने तयारी भइरहेको संगीत निर्देशक बाँस्कोटाले जानकारी गराउनुभयो । उहाँका अनुसार यस चलचित्रले देशको वास्तविक अवस्था तथा हालको परिस्थितिलाई सन्देशमूलक हिसाबले प्रस्तुत गर्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा