
काठमाडाैं । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको समितिको बैठकले उक्त प्रतिवेदन पारित गरेको हो । समिति सभापति तुलसाकुमारी दाहालले मस्यौदा प्रतिवेदनउपर लामो समयको छलफलपछि पारित गरेको जानकारी गराउनु भयो । कार्यअनुभवका आधारमा प्रतिवेदनउपर छलफल गरी पारित गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कर्मचारीहरुको सरुवा बढुवा र पदावधि लगायतको निर्णय गर्ने अधिकार समावेश भएको उक्त प्रतिवेदन आजको समिति बैठकबाट पारित भएको छ । कार्यअनुभवका कुराहरु हामीले पास गरिसकेका छौं । सोही सहमतिअनुसार उक्त प्रतिवदेदन सर्वसहमतिबाट पास भएको घोषणा गर्दछु ।’
प्रतिवेदनमा रहेका केही बुँदाहरु भने पुनः छलफल गरी अघि बढाइने सभापति दाहालको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच