काठमाडौँ । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाललाई बिहीबार दिउँसो काठमाडौंको शान्तिनगरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपालले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई कालो झन्डा देखाउने तयारी गरेकाले नियन्त्रणमा लिएको बुझिएको छ ।
काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीका अनुसार, नेपाललाई तत्काललाई होल्ड मात्र गरिएको छ ।
नेपालले हिजो नेपाल भ्रमणमा आउनु भएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपालको मानार्थ महारथी पदवी दिन लागिएकोप्रति आपत्ति जनाउनु भएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts