काठमाडौं । आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् ।
आईक्यापको स्थायी समिति सदस्य रहनुभएका नेकपा एमालेका नेता डा राजन भट्टराईले कम्बोडिया जाने नेताहरुको नाम सार्वजनिक गर्नुभएकाे छ ।
भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ हुनु हुन्छ। टोलीमा कांग्रेसकी नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादी नेता एवं पूर्वसभामुख अग्नी सापकोटा र गोकर्णप्रसाद भाट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउतलगायत पनि भ्रमण टोलीमा रहनुभएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts