कालीकोट । लामो समयदेखि स–साना टिनको टहराबाट सेवा प्रदान गर्दै आइरहेको जिल्ला अस्पताल कालीकोटको सुविधा सम्पन्न भवन बनेको छ ।
आफ्नो स्थापना कालदेखी साँघुरो र टिनको टहरामा सेवा प्रवाह गरिरहेको जिल्ला अस्पताल कालीकोट सुविधा सम्पन्न भवन बनेपछि यहीँ सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अस्पतालको औपचारिक उद्घाटन गर्नुभएको छ ।
साँघुरो टहरामा बिना उपकरण र चिकित्सकको अभावकै बीच सेवा दिँदै आइरहेको अस्पतालले सुविधा सम्पन्न भवनबाट सेवा दिने भएपछि जिल्लावासी उत्याहित भएका छन् ।
यस अस्पतालले औषधीको अभावदेखि चिकित्सक समेत अभाव झेल्दै आइरहेको भएपनि अब सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।
जिल्ला अस्पताल भएपनि अति आवश्यक सेवा बाहेक अन्य जटिल केसहरु कहिले जुम्ला त कहिले प्रदेश अस्पताल सुर्खेत रेफर गर्नु पथ्र्यो । अहिले भवनसँगै आवश्यक दरबन्दी अनुसारको चिकित्सक पाएपछि पछिल्लो समय अस्पताल सुधारिँदै गएको छ ।
भवन अभावमा अस्पतालले बिरामीलाई दिनु पर्ने जति गुणस्तरीय सेवा दिन सकेको थिएन । नयाँ भवनबाट सेवा दिन थालेपछि बिरामी तथा चिकित्सकहरूलाई पनि सहज भएको जिल्ला स्वास्थ्य प्रमुख डा. भिष्म पोख्रेलले बताउनुभयो । ‘टिनको टहरामुक्त त बन्यो यो खुसिको कुरा हो,’ पोख्रेलले भन्नुभयो, अझै दक्ष जनशक्ती र उपकरणको आवश्यकता रहेको औँल्याउनुभयो ।
‘टिनको टहराबाट सेवा दिँदा बिरामी र चिकित्सकलाई समस्या भएको थियो ।’ करिब २६ करोडको लागतमा ५० शैयाको सुबिधा सम्पन्न भवन निर्माण भएपछी सेवा प्रवाहमा सहज भएको छ । अव भवन अनुसारको सेवा दिन बिषेशज्ञ चिकित्सक हाल दरबन्दी अनुरुप पुर्ती गरिदिन, एम्बुलेन्स, ब्लड बैंक स्थापना र अन्य उपकरण आवश्यक रहेको कुरा मुख्यमन्त्रीसँग माग गरिएको जानकारी गराउनुभयो ।
नवनिर्मित भवनको औपचारिक उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सके जनविश्वास आर्जन गर्न सकिने बताउनुभयो ।
गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा नहुँदा नागरिकमा निराशा बढेको बताउँदै उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरेर गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने मुख्यमन्त्री कँडेलले बताउनुभयो ।
उहाँले कालीकोट जिल्ला अस्पताल रेफर अस्पतालको रुपमा नभई भरपर्दो सेवा दिने अस्पतालको रुपमा विकास हुनुपर्नेमा सुझाव दिनुभयो ।
कँडेलले अस्पतालमा भएको जनशक्ति र स्रोत, साधनबाट सकेको सेवा दिन स्वास्थ्यकर्मी प्रतिबद्ध भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।
यस्तै उद्घाटन कार्यक्रममा सहभागी प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले औषधी, उपकरण र दक्ष चिकित्सकको अभाव झेलिरहेको कालीकोट जिल्ला अस्पतालमा आवश्यक सहयोग प्रदेश सरकारले गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
प्राय जसो धेरै ठाउँका जिल्ला अस्पताल रेफर सेन्टर मात्र बनेको छन् । यसको समस्याको पहिचान गरेर समस्याको सावधान गर्न तर्फ मन्त्रालय लाग्ने बताउँदै सुविधा सम्पन्न भवन बनिसकेपछि सेवा पनी गुणस्तरीय दिन निर्देशन दिनुभयो ।
०४५ मा स्वास्थ्य केन्द्रको रुपमा स्थापना भएको कालीकोट अस्पतालले ०६१ मा १५ शैयाको स्वीकृति पाएको थियो भने ०७१ मा ५० शैयाको मान्यता पाएको छ । तर, अस्पताललाई दरबन्दी र बजेट ३० शैयाको लागि मात्र सेवा सुविधा आउने भएकाले अस्पताल सञ्चालनमा बजेट अभाव हुने गरेको अस्पतालले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा