काठमाडौं । सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । सहकारी पीडितहरु बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा केहि घाइते भएका छन् । एकजनाको टाउको फुटेको छ ।
सहकारीमा वचत गरेको रकम फिर्ता नपाएकाहरुले आफूहरुको रकम फिर्ता पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए । ललितपुरको पुल्चोकमा भेला भएका सहकारी पीडितहरु नाराबाजी गर्दै माइतीघरतर्फ आएका थिए ।
माइतीघर नजिकै आइपुग्दा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै प्रहरीले बल प्रयोग गरेको हो ।













