
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबी)का ग्राहकले कमलादीस्थित ‘स्काइवाक टावर’ मा विशेष छुट पाउने भएका छन् । बैंक र वन्डर्स नेपालबीच भएको सम्झौताअनुसार एनआइएमबीका ग्राहकले स्काइवाक टावर प्रवेश शुल्कमा २० प्रतिशतसम्म विशेष छुट पाउनेछन् ।
एनआइएमबीका ग्राहकले १ जनादेखि पाँचजनासम्म टिकट खरिद गर्दा १५ प्रतिशत र पाँचजनाभन्दा बढी संख्यामा टिकट खरिद गर्दा २० प्रतिशत छुट पाउने बताइएको छ । छुट लिन ग्राहकले एनआइएमबी डेबिट/क्रेडिट कार्ड वा एनआइएमबी स्मार्ट एप (मोबाइल बैंकिङ) मार्फत् भुक्तानी गर्नुपर्ने हुन्छ । बैंकले ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच