काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान ) को आयोजनामा नेपाल प्रिमियर लिग एनपीएल हुँदैछ । क्यानले मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक गरिसकेको छ । साथै एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ । क्यानले स्टार स्पोर्ट्ससँग कति रकममा सम्झौता गरिएको हो भन्नेबारे भने स्पष्ट गरेको छैन ।
क्यानले गरेको यो निर्णयले भने केहि कानुनी र केही नैतिक प्रश्नसमेत उब्जाएको छ । सञ्चार तथा विज्ञापन क्षेत्रका तीन संस्थाले साझा विज्ञप्ति जारी गर्दै उक्त सम्झौताप्रति आपत्ति जनाएका छन् ।
नेपाल बिज्ञापन संघ, राष्ट्रिय बिज्ञापन संघ नेपाल र मिडिया अलाइन्स नेपालले समेत संयुक्त प्रेस बिज्ञप्ति निकाल्दै प्रत्यक्ष प्रसारण देशबाहिरको टेलिभिजनलाई दिनु अबैधानिक र अनैतिक हुने बताउँदै गल्ति र गैर कानुनी क्रियाकलापहरु तत्काल सच्चाउन अनुरोधसमेत गरेका छन् ।
नेपाल बिज्ञापन संघका अध्यक्ष सुदिप थापा, राष्ट्रिय बिज्ञापन संघ नेपालका अध्यक्ष, धर्मेन्द्र काजी श्रेष्ठ र मिडिया अलाइन्स नेपालका अध्यक्ष , भाष्कर राज राजकर्णिकारद्वारा जारी विज्ञप्तिमा यदि नेपाली टेलिभिजन प्रसारकहरु यस्ता राष्ट्रिय खेलकुदको उत्पादन र प्रत्यक्ष प्रसारण गर्न सक्षम छैन भन्ने नेपाल क्रिकेट संघलाइ लागेको हो भने पनि अन्तराष्ट्रिय टेलिभिजन च्यानलमा स्टार स्पोर्ट्स मात्रै नै किन ? वा अन्तरास्ट्रिय रुपमा प्रतिष्ठा कमाएको अन्य अन्तरास्ट्रिय च्यानललाइ किन मौका दिईएन र बिना प्रतिस्पर्धा स्टार स्पोर्ट्सलाई दिनुको पछाडिको रहस्य र कारण पनि केहि छ कि ? छानबिनको बिषय हो कि होइन ? भनेर प्रश्न गरिएको छ ।
उनीहरुले यसरी राष्ट्रिय पर्वका रुपमा आयोजना गरिन लागेको प्रतोयोगीताको प्रत्यक्ष प्रसारण देशबाहिर दिनु नेपाल र नेपाली हित र अधिकारको अबमूल्यन हुने बताएका छन् । देशको नियम कानुनको बिपरित कार्य गर्दछ भने त्यसप्रति ध्यानाकर्षण गर्नु र प्रश्न उठाउनु हरेक देशप्रति माया गर्ने सबै नागरिकको दायित्व भएको उनीहरुकाे भनाइ छ ।
'यसरी नेपाल क्रिकेट संघ ( क्यान) ले नेपाली टेलिभिजन प्रसारक, बिज्ञापन एजेन्सी र उत्पादन सस्थालाई अबमुल्यन गर्दै बिदेशी एजेन्सी र टेलिभिजनलाइ ल्एी का खेलहरु प्रसारण अधिकार बिना टेन्डर र बिना प्रतिस्पर्धामा दिदा नेपालमा बिदेशी टेलिभिजनबाट बिज्ञापन प्रसारण माथि ‘ बिज्ञापन रहित नीति र नियमहरुले ‘ लगाएको बन्देजलाइ कसरी नजरअन्दाज गर्यो ? जबकी ल्एी का नेपाली प्रायोजकहरुको बिज्ञापन प्रसारण गर्न यदि नेपाल क्रिकेट संघले बिज्ञापन रहित नीतिको बर्खिलाफ गर्न खोजेको हो भने यो कुनै हालतमा मान्य हुन सक्दैन । र बिज्ञापन नै प्रसारण हुन नसक्ने टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने टेलिभिजनमा कसरी नेपाली प्रायोजकहरुले आफ्नो प्रचार प्रसार गर्छन वा यी प्रयोजनको पछाडी केहि अर्कै उदेश्य त छैन भन्ने शंका उब्जिएको' विज्ञप्तिमा भनिएको छ ।
यता क्रिकेट प्रतियोगिता 'नेपाल प्रिमियर लिग (एनपीएल २०२४)' को मुख्य प्रायोजक बनेको सिद्धार्थ बैंक प्रायोजनको विषयलाई लिएर विवादमा तानिने छ। एउटै संस्थाका लागि दुई करोड रुपैयाँभन्दा माथिको विज्ञापन प्रायोजन गरेमा राष्ट्र बैंकले बिगोसहित जरिवाना गर्दै आएको छ। यस्तोमा नेपाल राष्ट्र बैंकले तोकेको विज्ञापन गर्न पाइने सीमाभन्दा माथि गएर सिद्धार्थ बैंकले एनपीएलमा मुख्य प्रायोजक बन्ने सम्झौता गरेको छ। जसमा प्रतियोगिताको नाम नै अब 'सिद्धार्थ बैंक एनपीएल' हुनेछ।
क्वालिटिको नाउँमा चर्को शुल्क तिरेर भारतको स्टार स्पोर्ट्सबाट एनपीएल लाइभ गराउने क्यानको यो निर्णयले यतिबेला चौतर्फी चासो बढेको छ ।
हेर्नुहोस् विज्ञप्ति



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा