काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ ।
आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो ।
स्वास्थ्य चेकजाँच गरेर उनलाई साइबर ब्युरो लैजाने तयारी छ । त्यसपछि म्याद थप गर्न प्रहरीले अदालत लग्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ उनी आज विहान पक्राउ परेका हुन् । प्रसाईंले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब लगानी गरेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको अपुष्ट 'प्रमाण' प्रसाईंले सार्वजनिक गरेका थिए।
प्रसाईंमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान गर्ने प्रहरीको भनाइ छ।
उक्त दफामा विद्युतीय स्वरूप गैरकानुनी कुरा प्रकाशन गर्नेसम्बन्धी प्रावधान उल्लेख छ। उक्त कसुरअनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने दफामा उल्लेख छ।
प्रसाईंविरुद्ध साइबर अपराध, कागजात किर्ते र मानहानीको कसुरमा पनि अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाउने सिआइबीको तयारी छ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts