
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको नाफा साढे आठ करोड नाघेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा तीन करोड ६३ लाखले बढेर आठ करोड ६७ लाख ७९ हजार रुपैयाँ पुगेको हो । गत असारसम्म कम्पनीले पाँच करोड तीन लाख ८३ हजार नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीले दुर्ई अर्ब ३४ करोड ५८ लाख सञ्चालन आम्दानी गरेको जनाएको छ ।
कम्पनीले असोजसम्ममा २८ करोड ९४ लाख कुल नाफा कमाएको छ । कम्पनीको अन्य आम्दानी एक करोड १३ लाख ५५ हजार र सञ्चालन मुनाफा २० करोड ३१ लाख ३० हजार तथा वित्तीय खर्च १० करोड ४३ लाख ७४ हजार रुपैयाँ रहेको छ । कुल एक अर्ब ७० करोड ७३ लाख ४० हजार चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटीमा पाँच अर्ब ४३ करोड २४ लाख ७५ हजार रुपैयाँ रहेको छ । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक विद्युत्को लाइन काट्दा गत वर्ष घटेको रिलायन्स स्पिनिङको वित्तीय विवरणमा यस वर्ष भने सुधार आएको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी घटेर २.९७ रुपैयाँमा झरेकोमा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सुधार भएर १९.९५ रुपैयाँ पुगेको छ । भारतदेखि टर्कीसम्म वार्षिक अर्बौंको धागो निर्यात गर्दै पटक–पटक उत्कृष्ट निर्यातकर्ताका रूपमा समेत सम्मानित उद्योगविरुद्ध पछिल्लो समयमा धेरै मुद्दा र उजुरी गरेर विवादमा ल्याउँदा उद्योगको अन्तर्राष्ट्रिय छविमा समेत असर परेको बताइएको छ ।
तथापि हाल प्रिमियम मूल्यमा आइपिओ निष्कासन सम्बन्धमा उच्च अदालत पाटन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), नेपाल धितोपत्र बोर्डबाट कम्पनीले ‘क्लिन चिट’ पाइसकेको छ । तीन दशकदेखि निरन्तर सञ्चालनमा रहेको कम्पनीले साढे चार हजारलाई प्रत्यक्ष रोजगारी दिएको छ भने आवश्यक लगानी स्वदेशमै जुटाउन बुक बिल्डिङ प्रक्रियाबाट आइपिओ निष्कासनको अन्तिम चरणमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच