
काठमाडौं । सरकारले विदेशबाट आउँदा यात्रुले साथमा ल्याउन पाउने सुनका गरगहनाको सीमा घटाएको छ । दुई सय ग्रामसम्मका गरगहना ल्याउन पाउने व्यवस्था संशोधन गर्दै एक सय ग्राममा झारेको हो । तर, सरकारले भन्सार महसुल पूर्ण छुट दिएर ल्याउन पाउने सुनको सीमा भने यथावत् राखेको छ । सरकारले पूर्ण छुट पाउनेभन्दा धेरै सुनका गरगहना ल्याउनेको हकमा सीमा आधाले घटाएको हो । सरकारले विदेशबाट आउनेलाई सुनका गहना ल्याँउदा पुरुषको हकमा २५ ग्राम र महिलाका हकमा ५० ग्रामसम्म भन्सार छुटको व्यवस्था गरेको छ ।
त्यसैगरी चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाखसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरियाको भन्सार पूर्णरूपमा छुट दिने व्यवस्था गरेको छ । तर, सामान्य गहनाको आकारमात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता वस्तु गहनाका रूपमा भने ल्याउन पाइने छैन । विदेशबाट आउँदा भन्सार शुल्क पूर्ण छुटबाहेकको थप सुनका गरगहना ल्याउन पाइन्छ । तर, त्यसरी ल्याएका गरगहनाको भन्सार भने लाग्छ ।
विदेशबाट फर्किएका यात्रुले ल्याएको एक सय ग्रामसम्मको सुनमा भन्सार दिई जाँचपास गर्न सकिने र सोभन्दा बढी परिमाणमा ल्याएमा बढी ल्याएको परिमाण भने जफत हुने बताइएको छ । पहिलो ५० ग्रामसम्म प्रचलित दरअनुसार लाग्ने महसुल र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रचलित दर लाग्ने भन्सारको अतिरिक्त थप तीन प्रतिशत तिर्नुपर्नेछ । यात्रुले पूर्ण भन्सार छुट पाउने सीमाभन्दा धेरै परिमाणमा ५० ग्रामसम्म गहना ल्याएमा सुनका गहनामा प्रचलित दरअनुसार लाग्ने महसुल र सो परिमाणभन्दा बढी थप ५० ग्रामसम्म गहनामा प्रचलित दरअनुसार लाग्ने भन्सारका अतिरिक्त थप तीन प्रतिशत भन्सार लिई जाँचपास गर्न सकिने व्यवस्था गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच