काठमाडौं । गत शुत्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘हृश्व दीर्घ’का भारतीय अभिनेता प्रदीप रावत हल भिजिटमा निस्किएका छन् ।
उनले आज बिग मुभिजमा दर्शकसँग साक्षत्कार गरेका छन् । आमिर खान स्टार ‘गजनी’का भिलेन रावतले ‘हृश्व दीर्घ’मा देवधामको महामहन्तको भूमिका निर्वाह गरेका छन् । श्रीमती कल्याणी सहित नेपाल आएका रावतले अन्य हलहरुमा गएर पनि दर्शकहरुसँग साक्षत्कार गर्ने निर्माण पक्षले बताएको छ ।
नीता ढुंगाना र हरिहर अधिकारी स्टारर ‘हृश्व दीर्घ’मा रावतको अलवा ब्रह्मानन्दन, सुनिल वर्मा, मोहम्मद अलि लगायत दक्षिण भारतीय कलाकारको समेत अभिनय रहेको छ । ‘हृश्व दीर्घ’ले पहिलो दुई दिनमा सुखद ओपनिङ गर्दै दुई करोडको ग्रस कलेक्सन गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts