सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकास्थित ग्रामीण नारी उत्थान संघको संयोजनमा आज दुई अपांगता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको छ।
यस कार्यमा लाईन्स क्लब अफ काठमाडौं हिल्सको सहयोग प्राप्त भएको ह्वील चेयर बितरण गरिएको हो । हरिपुर नगरपालिका वडा नं. ६ का ४२ वर्षीय जितेन्द्र ठाकुर, पाँच वर्षअघि बस दुर्घटनामा परी शारीरिक रूपमा पूर्ण अपांगता भएका थिए, उनीलाई आज ह्वील चेयर प्रदान गरिएको हो । यो अवसरमा वडा अध्यक्ष प्रम हरि श्रेष्ठ, ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु प्रसाद चालिसे लगायतको उपस्थिति थियो ।
त्यसैगरी, प्यारालाइसिसका कारण पूर्ण रूपले अपांगता भएका ईश्वरपुर नगरपालिका वडा नं. ९ का ४७ वर्षीय रामबहादुर चौधरीलाई पनि ह्वील चेयर हस्तान्तरण गरिएको छ । उक्त वितरण ईश्वरपुर वडा नं. ९ का वडा अध्यक्ष नन्दलाल चौधरी र ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु प्रसाद चालिसेको उपस्थितिमा रामबहादुर चौधरीको घरमा गएर ह्वीलचेयर हस्तान्तरण गरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts