काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्सले प्रदेशस्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका करिब दुई सयजना मार्केटिङ म्यानेजरसहित शुक्र र चन्द्र क्लबमा पर्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बिमा अभिकर्ता पेशा एक सम्मानित र स्वतन्त्र पेशा भएकाले सबैजना थप ऊर्जासाथ अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहना सम्बोधन गर्न आपत्मा राहत दिन सन मेडिकेयर जस्तो स्वास्थ्यसम्बन्धी जोखिम बहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको भन्दै कम्पनीमा आबद्ध सम्पूर्ण अभिकतालाई दृढ विश्वासका साथ थप सशक्त भएर अघि बढ्न उत्प्रेरित गर्नुभयो ।
कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंले अभिकर्ता पेशाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । अभिकर्तातर्फबाट मार्केटिङ म्यानेजर म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दूरदर्शी सोच, ग्राहकमैत्री बिमा योजना, अभिकर्तामैत्री वातावरणका कारण बजारमा आफूलाई सन नेपाल लाइफकोे अभिकर्ताका रूपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताउनुभयो ।
कार्यक्रममा कम्पनीका अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल क्लस्टर हेड सन्तोष कुँवर क्षेत्री, प्रदेशअन्तर्गतका शाखा, उपशाखा प्रबन्धक, कर्मचारीलगायत दुई सयभन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts