
-एल बि मगर
रोल्पा । रोल्पामा एक वडा अध्यक्ष पदको लागि हुन गइरहेको उपनिर्वाचनमा ६ जनाको उम्मेदवारीको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुन्टिगढी गाउँपालिका वडा न- ४ रोल्पाले जानकारी दिएको छ।
रोल्पाको रुन्टिगढि गाउँपालिकाको वडा न. ४ मा वडा अध्यक्ष पदका लागी हुन गैरहेको उप निर्वाचनमा आइतबार साँझ ५ बजेसम्म ६ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएको वडा स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काङ्ग्रेसको तर्फबाट भुपमणि पुन मगर, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को तर्फबाट बेगम पुन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट नरेश जंग सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हिम बहादुर पुन , राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पहल बहादुर वलि र मंगोल नेशनल अर्गनाइजेसन पार्टीको तर्फबाट पुर्ण बहादुर बुढाले वडा अध्यक्ष पदका लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गराएको बताइएको छ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट निर्बाचित वडा अध्यक्षको मृत्यु भएको कारण उक्त वडामा उपनिर्वाचन हुन लागेको हो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच