काठमाडौं । विवाह यस्तो बन्धन हो जसमा युवतीले आफ्नो घर छोडेर नयाँ घरमा बस्नु पर्ने हुन्छ । नयाँ घरको चाल चलन सबैलाई अपनाउनु पर्ने हुन्छ ।
महिलाले विवाहसँग घर मात्रै परिवर्तन गरेका हुँदैनन् सम्बन्ध पनि परिवर्तन भएका हुन्छन् । छोरीबाट बुहारी बनेका हुन्छन् । नयाँ परिवेशमा नयाँ चुनौतीको सामना गर्न परिरहेको हुन्छ ।
युवतीमा विवाहपछि के के परिवर्तन आउँछन् ?
कामको चाप
विवाह भन्दा पहिला घरमा सबै काम गर्ने युवती विवाह गरेपछि केही अल्छि हुन्छन् । उनीहरुको लागि विवाह गरेर गएको घरमा काम गर्ने मानिसको सहायता चाहिनेसमेत हुन जान्छ ।
शरीरमा लापरवाही
विवाह भन्दा पहिला युवतीहरुले आफ्नो फिगरलाई विशेष ध्यान दिने गरका हुन्छन् । राम्रो फिगरका लागि खानपानमा पनि विशेष ध्यान दिएका हुन्छन् । तर विवाह पछि उनीहरुको ध्यान अन्तै केन्द्रित हुन जान्छ ।
आमालाई फोन
विवाह भन्दा पहिला कतै गएको बेलामा आमाले फोन गरेमा झर्कने छोरीले विवाह गरेपछि आमालाई आफैं फोन गर्छन् भने आमाको फोनको प्रतिक्षा गर्छन् । विवाहपछि आमालाई धेरै महत्व दिने र विवाह गरेर गएको घरको आमा(सासू) र परिवारलाई कम महत्व दिने भएका कारण पनि कयौं घरहरुमा विवाद हुने गरेको छ ।
हिसाब किताब
विवाह भन्दा पहिला घरायसी खर्चमा कुनै वास्ता नराख्ने युवती विवाह गरेर गएपछि भने आर्थिक कारोबारमा सक्रिय बन्न खोज्छन् । विवाह भन्दा पहिला बैंकमा खाता नहुने र खोल्ने आवश्यकता नठान्नेहरुले समेत विवाह पछि बैंकमा खाता खोल्छन् भने घरायसी हिसाबकितामा पनि सक्रियता जनाउँछन् । कसले कति खर्च गरो वा किन गरो, पतिलाई खर्च विवरण माग्ने लगायतका काम गर्छन् ।
नन्द जेठानीसँगको प्रतिस्पर्धा
विवाह भन्दा पहिला बहिनी वा भाउजु वा अरुले के लगाए वा के किने भन्ने कुरामा युवतीको खासै चासो रहँदैन । आफूलाई मन परेको र मर्जी अनुसारका कपडा र अन्य गरगहनामा चासो राखेका हुन्छन् तर विवाह गरेर गएपछि नन्द वा जेठानीसँग प्रतिस्पर्धा शुरु हुन्छ । कपडा, स्टाटस फेसन लगायत हरेकमा नन्द जेठानीसँगको प्रतिस्पर्धा शुरु हुन्छ ।
सुखी पत्नी र दुखी पति
विवाहभन्दा पहिला पुरुषको मन पर्ने बानी पनि विवाह पछि युवतीलाई मन पर्न छोड्छ । विवाह गरेर गएपछि युवतीका लागि आफ्नो भाइ संसारकै सबैभन्दा दुखी पति लाग्छ भने बहिनी, जेठानी र नन्द जस्ता महिला सबै भन्दा सुखी लाग्छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा