सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–९ का स्थायी बासिन्दा अभिनेता विजय बराललाई आज गृह नगरमा भव्य स्वागत गरिएको छ।
हालै प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र 'पूर्णबहादुरको सारङ्गी'को ऐतिहासिक सफलतापछि बराल पहिलोपटक गृह जिल्ला पुगेका हुन्।
नेपालको चलचित्र इतिहासमा उच्च मानक कायम गर्न सफल यो चलचित्रले देशव्यापी रूपमा सकारात्मक चर्चा बटुलिरहेको छ। विजय बरालको सशक्त अभिनयले आलोचक र दर्शक दुवैको मन जितेको छ। चलचित्रले नेपाली समाजको सांस्कृतिक, परम्परागत र सामाजिक यथार्थलाई प्रभावकारी ढंगले प्रस्तुत गर्दै नयाँ उचाइमा पु¥याएको छ।
बरालको आगमनमा स्थानीयवासीले उत्साहजनक स्वागत गर्दै उनलाई लालबन्दीको गर्वका रूपमा सम्मानित गरे। बराललाई स्थानीय जनज्योति भूतपूर्व विद्यार्थी समाज नेपालले विशेष सम्मान प्रदान गरेको छ।
कार्यक्रममा बोल्दै विजय बरालले लालबन्दीवासीको माया र समर्थनप्रति आभार प्रकट गरे। उनले आगामी दिनमा पनि गुणस्तरीय चलचित्रमार्फत नेपाली समाजलाई प्रतिनिधित्व गर्ने र आफ्ना दर्शकहरूको अपेक्षा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts