काठमाडौं । नेकपा (एमाले) ले मंसिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभालाई विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम भएको बताएको छ ।
एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्य समेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मङ्सिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ ।
पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताकाबीचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभाको आयोजना गर्न लागेको बताइएको छ ।
राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी महासचिव शंकर पोखरेलले जनतालाई आशावादी बनाउन जरुरी रहेको बताउँदै त्यसका लागि समाजमा देखिएको अराजकता चिर्न आवश्यक रहेको स्पष्ट पार्नुभयो। जनता असन्तुष्ट छन् भनि गरिएको प्रचारलाई चिर्न जागरण सभा गर्न लागिएको उहाँले जानकारी दिनुभयो । ‘जनता प्रमुख दल प्रति नै विश्वास र भरोसा गर्छन् र उनीहरूबाट नै सुधारको अपेक्षा गर्दछन् भन्ने सन्देश दिन जरुरी छ, त्यो हिसाबले जागरण सभा गर्दै छौँ’, उहाँले भन्नुभयो
जनताकोबीचमा जाने कुरा रक्षात्मक नहुने उहाँले बताउनु भयो। राजनीतिक दल सधैँभरि जनताको बिचमा नै जानु पर्ने उहाँको भनाइ छ । त्यही धारणा अनुसार जनताको बिचमा जाने एउटा माध्यम जागरण सभा भएको पोखरेलले बताएका हुन् । सामाजिक अराजकता प्रवृत्तिकै रूपमा अघि बढेको भन्दै पोखरेलले चिन्ता व्यक्त गर्नुभयो । यस्तो कुरा विकास र समृद्धिका लागि बाधक हुने उहाँको भनाइ छ ।
सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि छानबिन प्रक्रिया अघि बढ्दा जस्तो प्रकारको गतिविधि भएको छ त्यो कानुनी राजको खिल्ली भएको उहाँले बताउनु भयो । ‘निरन्तर रूपमा योजना बनाएर यस्तो गतिविधि गर्नु उचित कुरा होइन’, महासचिव पोखरेलले भन्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts