हेटौंडा । ३१ किलो १२० ग्राम लागुऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अटो चालक मनहरी गाउँपालिका -७ पेन्चे बस्ने बर्ष ३३ को शंकर स्याङतान र सोही आटोमा सवार सोही ठाँउ बस्ने बर्ष ४० को रामशरण प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा -१५ रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरिएको हो।
मनहरीबाट पथलैयातर्फ जादै गरेको ना १ ह ८३२४ नं. को अटोलाई रोकी शंका लागी निजहरुको शरीर तथा अटो समेतको खानतलासी गर्दा अटो भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा ३१ किलो १२० ग्राम लागूऔषध गाँजा फेला परेको थियो।
उक्त लागूऔषध तथा अटो सहित निजहरु शंकर स्याङतान र रामशरण प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts