भक्तपुरमा दुबै खुट्टा बाधिएको अवस्थामा ९४ वर्षीया महिला मृत फेला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-बावुराम दाहाल

भक्तपुर । भक्तपुर नगरपालिका-३ दरबार स्क्वायरस्थित इछुगल्लीमा ९४ वर्षीया जेष्ठ नागरिक विष्णु कुमारी त्वयना दुबै खुट्टा बाधिएको अवस्थामा आफ्नै घरमा मृत फेला परेकी छन् । बुधवार साँझ सबा ५ बजे आफ्नो घरको चौथो तलामा रहेको कोठामा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

वडाध्यक्ष राजकुमार गोराका अनुसार, विष्णु कुमारी आफ्नै घरमा एक्लै बस्दै आएकी थिइन् भने उनका चार छोरा सूर्यविनायक क्षेत्रतिर सरेका थिए । दिनभर सासु घर बाहिर नदेखिएकोले उनकी कान्छी बुहारी हेर्न जाँदा विष्णु कुमारीको दुबै खुट्टा कपडाले बाँधिएको अवस्थामा मृत फेला परेको बताइएको छ ।

ADVERTISEMENT

घटनाको प्रकृति हेर्दा चोरले खुट्टा बाँधेर हत्या गरेको हुनसक्ने देखिए पनि घरमा चोरीको कुनै घटना नभएकाले स्थानीयले यो घटनालाई शंकास्पद मानेका छन् । शवलाई पोस्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट पठाइएको छ भने पोस्टमार्टमको रिपोर्टपछि मात्रै हत्या भए नभएको यकिन हुने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीका अनुसार, घटनाको अनुसन्धानलाई तीव्रता दिइएको छ र शङ्कास्पद गतिविधिमा संलग्न रहेको आशङ्कामा नजिकै डेरा बस्ने एक जनालाई नियन्त्रणमा लिइएको छ । डिएसपी ढुन्डिराज न्याैपानेका अनुसार थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?