काठमाडौं । ज्यानमार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य राजिव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।
मनाङेलाई कम्फर्ट हाउजिङमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हाे । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार निजलाई आजै काठमाडाैं जिल्ला अदालतमा उपस्थित गराइनेछ ।
व्यक्ति हत्या प्रयासको आरोपमा सर्वोच्च अदालतले कात्तिक २० गते ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेको थियो । त्यसपछि उनी फोन स्विच अफ गरेर सम्पर्कविहीन भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच