विराटनगर । कोशी प्रदेश सरकार पूर्वमन्त्री तथा एमाले नेता लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।
कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।
मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौँ ल्याएको छ ।
उनलाई यस अघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत निलम्बन गरेको छ ।
प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।
मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीलाई प्रहरीले दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ ।
काठमाडौं जिल्ला अदालतले अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts