कर्णाली स्वास्थ्य विज्ञानको दीक्षान्त समारोह कात्तिक २८ गते हुँदैं

विजय रावत जुम्ला, संवाददाता

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह कार्तिक २८ गते हुने भएको छ । यस अघि भदौं २३ गते तय गरिएको दीक्षान्त समारोह प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री ओलीको सहभागितामा समारोह सम्पन्न हुने निश्चित भएपछि पुनः कार्तिक २८ गते दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले जानकारी दिनुभयो । दीक्षान्त समारोह कार्यक्रम तयारी पुरा गरिएको छ । उपकुलपति डा. रावलले भन्नुभयो," प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा कुलपति तथा प्रधानमन्त्री ओलीसहित स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झा, अमेरिकास्थित हार्डवयर मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि समारोहमा सहभागी हुने प्रतिष्ठानका उपकुलपति डा. रावलकाे भनाइ छ ।

ADVERTISEMENT

" प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले बताउनुभयो । २७ जनाले दीक्षान्तका लागि फारम भरेका छन्,’ डा. धामीले भन्नुभयो, "स्नातकतर्फ बिपिएचमा ३८ जना, एमबिबिएस १३ जना र स्नातकोत्तरतर्फ एमडीजीपीमा ३ जना, एमडी एनेस्थेसियामा १ र एमडी पेडियाट्रिक्समा १ गरी ५८ विद्यार्थी दीक्षित हुन योग्य छन् ।

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहमा भाग लिएपछि प्रतिष्ठानको शैक्षिक भवनको उद्घाटन समेत गर्नेछन् । " स्वास्थ्यमन्त्री प्रदीप पौडेल दीक्षान्त समारोहको अघिल्लो दिन जुम्ला आइ पुग्ने छन् भने प्रधानमन्त्री समारोहकै दिन पुग्ने कार्यक्रम रहेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको छ । दीक्षान्त समारोहपछिको सिनेट बैठकमा प्रतिष्ठानका भावी योजना र गतिविधिबारे थप छलफल हुने प्रतिष्ठानका रजिस्ट्रार नृपेन्द्र महतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?