बागलुङ । बागलुङमा पिकअप जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ पिकअप जिप ढुङ्गेखानी भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जैमिनी नगरपालिका-८ का जिप चालक ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँकी २० वर्षीया रश्मी श्रीष, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीष, ७५ वर्षीयक कुल प्रसाद श्रीष रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो ।
पिकअप सडकदेखि सात सय मिटरभन्दा तल खसेको थापाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते जैमिनी नगरपालिका-८ का अन्दाजी ३५ वर्षीय छमु श्रीसलाई एम्बुलेन्समार्फत बागलुङ पठाइएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts