काठमाडौं । आइतबार साँझ सिरियाको राजधानी दमास्कस नजिकै इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित सात सर्वसाधारणको मृत्यु भएको छ ।
साथै अन्य २० जना घाइते भएको देशको रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार साँझ करिव ५ बजे स्थानीय समय इजरायलले आक्रमण गरेको थियो । दमस्कसको ग्रामीण इलाकामा सय्यदाह जायनाब क्षेत्रमा रहेको आवासीय भवनलाई लक्षित गरेको थियो ।
आक्रमणले निजी सम्पतीमा पनि ठूलो क्षति पुगेको छ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स, बेलायतमा रहेको युद्ध पर्यवेक्षकले यसअघि उक्त क्षेत्रमा लेबनानी नागरिक र हिजबुल्लाह सदस्यहरू बसोवास गर्ने आवासीय भवनको फ्ल्याटमा आक्रमण भएको रिपोर्ट गरेको थियो ।
सिरियाको राजधानीको दक्षिणमा अवस्थित सय्यदाह जायनाब एक प्रमुख शिया तीर्थस्थलको घर हो । जो विगतमा इजरायली आक्रमणको निशाना बनिसकेको थियो ।
सिन्ह्वा/न्युज एजेन्सी नेपाल

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा