
काठमाडौं । चलचित्र ‘फ्याक्चर’को छायांकन सम्पन्न भएको छ । किङ्डम नेटवर्कले निर्माण गरेको चलचित्र ‘फ्याक्चर’को छायांकन सम्पन्न गरिएको हो । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्णरूपमा अंग्रेजी भाषामा छ ।
नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय छ । यस चलचित्रमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठलगायत अन्य नेपाली कलाकारको पनि अभिनय छ ।
किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले जानकारी दिनुभयो ।
यस चलचित्रका अभिनेता ट्रेन्टन हलिउड अभिनेता हुनुहुन्छ । उहाँले ‘हलीउड किल्स,’ ‘अन्डर द वेस्टर्न सन,’ ‘सिरोनिया,’ ‘द रेड, ब्ल्याक एण्ड ब्लोन्डः गड सेभ,’ ‘बिटविन किंग्स एण्ड क्विन्स,’ ‘लस एन्सिनोस’ लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृंखलामा अभिनय गर्नुभएको छ ।
यस चलचित्रको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु हृयुज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसनलगायतको पनि सहभागिता छ । चलचित्रको लेखन क्रिश बेरुटीले गर्नुभएको हो । चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुनुहुन्छ । उहाँले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०ः द गिफ्ट अफ गाबा’ लगायत चलचित्रको छायांकन गर्नुभएको छ ।
चलचित्र छायांकनको क्रममा हलिउड टिमसँग निर्माता सुवास भुसाललगायत यो चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायांकन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायांकन गरिएको छ ।
‘फ्याक्चर’को कथा एकजना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलरको काम गर्नुभएको छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुनुहुन्छ ।
चलचित्रको छायांकन सम्पन्न गरी अमेरिकी टिम फर्किसकेको छ । हालै अमेरिका फर्किनु अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले अमेरिकी टिमलाई बिदाइ गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच