काठमाडौं । मंसिर ७ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘तेल भिसा’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच निर्माणपक्षले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा नेपाल र परदेशमा दुईतिर परिवार रहँदाको समस्या, विदेशको कठिन बसाई, अर्काको देशको कानुन नबुझ्दा भोग्नुपर्ने परिणाम देखाइएको छ ।
ट्रेलरमा चलचित्रका अधिकांश मुख्य कलाकार अटाएका छन् । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र ‘तेल भिसा’मा अभिनेता विपीन कार्की वृद्ध र जवानसहित दोहोरो भूमिकामा हुनुहुन्छ ।
विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरूको यो चलचित्रमा अभिनय छ । अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुति दाहाल हुनुहुन्छ भने सुशन प्रजापतिको छायांकन छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा