काठमाडौं । नेकपा एमालेले सरकारले ठीक ढंगले काम गर्दै अघि बढिरहेको निष्कर्ष निकालेको छ ।
शनिबार बसेको पार्टी सचिवालय बैठकले सरकारको कामको समीक्षा गर्दै सरकार आधारभूत रुपमा ठिक ढंगले कम गरिरहेको र कामलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउन संयन्त्र बनाएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
साथै उहाँले प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण राष्ट्रिय हितमा केन्द्रित गर्नेबारे पनि छलफल भएको बताउँदै विश्व राजनीतिक घटनाक्रमलाई मूल्यांकन गरेर दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्दै अघि बढ्नुपर्नेमा पार्टीले जोड दिएको बताउनु भयो ।
ज्ञवालीले भन्नुभयो, 'अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।'
आजको बैठकले प्रदेश कमिटीहरुले स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस गरेका सबै उम्मेदवारहरुको नाम अनुमोदन गरेको छ ।
त्यस्तै मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पुर्व मन्त्री लिला बल्लभ अधिकारीलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको ज्ञवालीले जानकारी दिनुभयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts