काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेललाई भ्रातृशोक परेको छ ।
महासचिव पोखरेलका दाजु देवी पोखरेलको गएराति ७४ वर्षको उमेरमा निधन भएको हो ।
एमालेका केन्द्रीय सल्लाहकारसमेत रहनुभएका स्व पोखरेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँ लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित रहेको परिवारले जानकारी दिएको छ ।
उहाँको अन्त्येष्टि शनिबार दिउँसो गरिने परिवारले जनाएका छन् ।






