सर्लाहीमा कारको ठक्करबाट तीन जना गम्भीर घाइते

प्रकाश मैनाली सर्लाही, संवाददाता
प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 3 mins

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका-१६ स्थित भोर्लेनी जंगलमा आज दिउँसो कारले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका छन् । रानीगन्जबाट परवानिपुरतर्फ जाँदै गरेको बा २१ च ६८६४ नम्बरको कारले विपरीत दिशाबाट आइरहेको ना ६१ प ६५३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा लालबन्दी नगरपालिका-१५, परवानिपुरका ४१ वर्षीय पालसाङ योन्जन गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टाको घुँडा, बायाँ हात, र काँधमा गम्भीर चोट लागेको छ । मोटरसाइकलको पछाडि सवार उनका पाँच वर्षीय छोरा प्रयास योन्जनको निधार, दाहिने गाला, दुबै हात, र बायाँ घुँडामा मध्यम चोट लागेको छ ।

सोही मोटरसाइकलमा सवार पालसाङको आमा, ७०/७२ वर्षीया दामामाया योन्जनलाई पनि गम्भीर चोट लागेको छ । उनको टाउको, बायाँ घुँडा, दाहिने गाला, र अनुहारमा चोट लागेको छ । घाइतेहरूलाई तत्कालै सोही कारमार्फत लालबन्दीस्थित मोडेल अस्पतालमा उपचारका लागि पठाइएको छ ।

ADVERTISEMENT

घटना सम्बन्धी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक रेशम बहादुर नेपालीको नेतृत्वमा टोली अस्पतालमा खटाइएको थियो भने घटनास्थलमा अस्थायी प्रहरी पोस्ट परवानिपुरबाट प्रहरी सहायक निरीक्षक शम्भु प्रसाद चौधरीको टोली पठाइएको थियो।

दुर्घटनामा संलग्न कार र चालक लालबन्दी नगरपालिका-७ का ३१ वर्षीय उमाशंकर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालकसँग सबै कागजात प्रमाणित रहेको र मापसे नगरेको पाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?